देशभरमा २५० जना प्रहरी कोरोना संक्रमित


काठमाडौं, १६ साउन । देशभरमा २५० जना प्रहरी कोरोना संक्रमित भएका छन । काठमाडौँ उपत्यकामा कार्यरत ८१ प्रहरी र उपत्यकाबाहिरका १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालय कार्यरत ७२ र उपत्यकाका ९ प्रहरी गरी काठमाडौं उपत्यकामा ८१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । उपत्यकाबाहिर प्रदेश १ का २८, प्रदेश २ का ४०, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले सम्म संक्रमित प्रहरीमध्ये १०१ जना डिस्चार्ज भएका छन् । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरू छन् । संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेनटिनमा राखिएको छ ।

दुई दिनअघि पीसीआर गरिएका परीक्षण उनीहरूको रिपोर्ट पोजेटिभ देखिए पछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरूको पिसिआर जाँच गर्ने गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्