नेपालमा थप २२४ जना कोरोना संक्रमित, १५१ डिस्चार्ज : देशभर संक्रमित संख्या १९,५४७ पुग्यो


काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरस संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० हजार ७६८ जनामा पिसिआर परीक्षण गर्दा २२४ जनामा संक्रमणको पुष्टि भएका पुष्टि भएको हो ।

आज १५१ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले सम्म १९ निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । ५ हजार ३१६ जना आइसोलेसनमा छन् भने १२ हजार १११ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । देशभर कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्