आज राति १२ बजे देखी दुई सातासम्म विराटनगरमा लकडाउन हुने


मोरङ, १६ साउन । विराटनगर महानगरपालिकामा आज (शुक्रवार) राति १२ बजे देखी लागु हुने गरी दुई साताको लागि लकडाउन हुने भएको छ । कोरोना भाइरसको संक्रमण समुदायमै देखारेपछि साउन ३० गते राति १२ बजे सम्मलाई विराटनगरमा लागु गरेको हो ।

मेयर भीम पराजुलीका अनुसार समुदाय स्तरमै कोरोना भाइरस संक्रमण व्यापक बन्न खतरा भए प पछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । नगरस्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रवारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर तीव्र बनिरहेको छ,’ मेयर पराजुलीले भने, ‘त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौँ ।’

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्