प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिए : संक्रमित संख्या १ हजार नाघ्यो


विराटनगर, १६ साउन । प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जनाएका छन्।

झापाको मेचीनगरमा ११ पुरुष २ महिला, विराटनगरमा ६ पुरुष ५ महिला, सुनबर्षीमा १ महिला, इलामको इलाम नगरपालिकामा ५ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा. मेहताले बताए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्