आजदेखी न्यूरो अस्पतालको आकस्मिक र बहिरङ्ग सेवा अनिश्चितकाल बन्द


मोरङ, १९ साउन । मोरङ विराटनगरको न्यूरो अस्पतालले आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । आज सोमबार देखी न्यूरोको आकस्मिक र बहिरङ्ग सेवा बन्द गरिएको हो ।

न्यूरोका एक जना डाक्टरमा कोरोनाको संक्रमण देखिएपछि हिजोको बसेको बैठकको निर्णय अनुसार आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

डाक्टरमा कोरोनाको संक्रमण देखिएपछि न्यूरो अस्पतालको कोभिड १९ व्यवस्थापन समितिको हिजो आकस्मिक बैठक बसेको थियो । कोरोनाको संक्रमण थप फैलिन नदिनका लागि आकस्मिक र बहिरङ्ग सेवा अनिश्चितकाल बन्द गर्ने निर्णय भएको थियो ।

अजा नै विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्