बेलबारी बहुउद्देश्यीय सहकारीको १७ औ साधारण सभा


बेलबारी । बेलबारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मोरङको बेलबारी–१ मा रहेको उक्त सहकारीले शनिवार मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा साधारण सभा सम्पन्न गरेको हो । सहकारीका अध्यक्ष प्रताप कुमार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रूपमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी थिए भने विशिष्ट अतिथिहरूमा जिल्ला बचत तथा सहकारी सङ्घ मोरङ अध्यक्ष हरि सुवेदी, सामाजिक अभियान्ता परशुराम सुवेदी, राज कुमार लिम्बु, महेन्द्र प्रसाद सुवेदी रहेका थिए ।

कार्यक्रममा संस्थाका सचिव नन्दराज गिरीले आ.व.२०७४/०७५ को कार्य प्रगति तथा आ.व.२०७५/०७६ का लागी प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए भने आ.व.२०७४/०७५ को आन्तरिक लेखा समितिको प्रतिवेदन कुल प्रसाद बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीले शेयर सदस्यहरूका आफ्ना आमा तथा बुवाहरू ८ जना जेष्ठ नागरिकहरूलाई सम्मान पनि गरेको थियो । वि.सं. २०५८ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय ५७ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्