मोरङमा २० जनासहित ४३ कोरोना संक्रमित थपिए : प्रदेश १ अपडेट


विराटनगर, २० साउन । प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरङका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।

सुनसरीको दुहबीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सूर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । आज १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरङको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्