सुन्दरहरैचामा एक साता लकडाउन हुने


विराटचोक, २० साउन । मोरङको सुन्दरहरैचा नगरपालिकाले फेरी लकडाउन हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाले ९ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिका अनुसार मंगलबार बसेको कार्यपालिका बैठकले साउन २२ गते बिहीबारदेखि लागु हुने गरी ३० गते सम्म लकडाउन गर्ने निर्णय भएको छ ।

नगरपालिका कार्यालय, वडा कार्यालय, सार्वजनिक यातायातसहित अत्यावश्यक पसलबाहेक अन्य बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्