बेलबारीमा भोलि राती देखी ९ दिनसम्म लकडाउन हुने


बेलबारी, २१ साउन । बेलबारी नगरपालिकामा ९ दिनसम्मको लागि लकडाउन लागु हुने भएको छ । साउन २२ गते राती १२ बजे देखी ३२ गते राती १२ बजे सम्म लागु हुने गरी लकडाउन गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको हो ।

आज बुधवार २१ गते बसेको नगरपालिकाको बैठकले भोलि राती १२ बजे देखी लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।

बेलबारी नगरपालिका क्षेत्रभित्र अत्यावश्यक सेवा औषधी पसल, क्लिनिक, दुधडेरी, पेट्रोलपप्प, पानीजन्य उद्योग, भेटनरी लगायतका बाहेक अन्य व्यवसाय बन्द गर्ने निर्णय भएको प्रमुख सुबेदीले जनाएका छन् ।

हाटबजार, सरकारी कार्यालय, बैँक, वित्तीय संस्था, सहकारी संस्था, यातायातका साधन, बेलबारी नगरपालिका कार्यालय तथा वाड कार्यालयका दैनिक प्रशासकीय सेवा बन्द गरिने सुबेदीले बताएका छन् ।

प्रमुख सुवेदीले नगरवासीलाई लकडाउनको पालना गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्