विश्वभर कोरोनाबाट ७,११,११६ जनाको मृत्यु : संक्रमित संख्या १,८९,७१,६९८ पुग्यो


काठमाडौं, २२ साउन । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख ११ हजार ११६ पुगेको छ । वल्र्डओमिटरको हालसम्मको तथ्याङकले ७ लाख ११ हजार ११६ को कोरोनाबाट मृत्युको भएको पुष्टि गरेको हो ।

वल्र्डओमिटरको अनुसार अहिले सम्म १ करोड ८९ लाख ७१ हजार ६९८ जना संक्रमित भइसकेका छन् भने १ करोड २१ लख ६० हजार ९४६ निको भएका छन् ।
सबै भन्दा बढी कोरोना प्रभावित देश मध्य अमेरिका पहिलो स्थानमा कायमै रहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन दिन बढिरहेको छ । अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार ५६८ पुगेको छ । अहिले सम्म १ लाख ६१ हजार ६०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । २५ लाख ४० हजार १३७ जना निको भएका छन् ।

अमेरिका पछि बढी कोरोना प्रभावित देश ब्राजिल र भारत पनि अवस्था गम्भीर बन्दै गएको छ । नियन्त्रण भन्दा संक्रमणको झन् फैलिएको गएको छ । ब्राजिलमा संक्रमित संख्या २८ लाख ६२ हजार ७६१ पुगेको छ भने ९७ हजार ४१८ को मृत्यु भइसकेको छ । २० लाख २० हजार ६३७ जना निको भएका छन् ।
भारतमा संक्रमित संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ भने ४० हजार ७३९ जनाले ज्यान गुमाइसकेको छ । निको हुनेको संख्या १३ लाख २७ हजार २०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्