बेलबारीमा ५ औँ कोरोना संक्रमितको पुष्टि


बेलबारी, २२ साउन । बेलबारी नगरपालिकामा थप एक जना कोरोना संक्रमित थपिएको छ । वडा नं. ३ का ३० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

धरान स्थित विपि स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको ६ जना पुरुषको स्वाब परीक्षणमा ३० वर्षको एक जनालाई रिर्पाेट पोजेटिभ आएको बेलबारी स्वास्थ्य शाखाले जनाकारी दिएको छ ।

बेलबारी शाखाका स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माका अनुसार उक्त संक्रमित पुष्टि भएको व्यक्ति भारत साउन १३ गते बेलबारी फर्किएर क्वारेनटाइनमा बसेका थिए ।
यस अघि पनि बेलबारीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले उनीहरू निको भएर घर फर्किसकेको सन्तोषले जनकारी दिएका छन् । सन्तोषका अनुसार हाल बेलबारी क्वारेनटाइनमा ६ जना महिला र ४० जना पुरुष गरी ४६ जना रहेका छन् ।

यही बढ्दो कोरोना संक्रमणसँगै आज बिहीबार राती १२ बजे देखी लागु हुने गरी ३२ गते सम्मलाई बेलबारी नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । लकडाउनको पालन गर्न तथा उच्च सावधानी अपनाउन बेलबारीवासीलाई मेयर ज्ञानेन्द्र सुवेदीको अग्रह रहेको छ।

प्रतिक्रिया दिनुहोस्