भूगोल, इतिहास, संस्कृति, सभ्यताको आधारमा प्रदेश १ को नाम किरात राख्नु पर्छ : उपाध्यक्ष तिलकप्रसाद


बेलबारी, २३ साउन । भूगोल, इतिहास, संस्कृति, सभ्यताको आधारमा प्रदेश १ को नाम सबैले स्वकारेको किरात नामकरण नभए जस्तो सुकै आन्दोलन गर्न तयार हुने, किरात राई ययोक्खाका उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिलकप्रसाद राई बताएका छन् ।

बिहीबार किरात राई ययोक्खा बेलबारीको धार्मिक बनमा ३३ औँ स्थापना दिवस कार्यक्रममा उपाध्यक्ष राईले किरात प्रदेशको माग गर्दै सो कुरा बताएका हुन । किरात प्रदेश नाम नराखिए संघियताको मर्म विपरीत हुने राईको मत रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन राईले प्रदेश १ को नाम किरात चाँडो भन्दा चाँडो राख्न सरकारलाई आग्रह गरेका छन् । सरकारले सबै भाषाको संरक्षण कार्यमा प्राथमिकता दिनु पर्ने सचिव राईले बताएका छन् । आधारभूत तह विद्यालयमा जुन भाषाको बाहुल्यता छ, त्यो भाषाको पनि पठनपाठन सुरु गर्नु अनिर्वाचित रहेको सचिव राई बताए । उनले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाउन समेत सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य नवीन राई, किरात राई यायोक्खा बेलबारीका अध्यक्ष जितुमान राई लगायतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष नरहाङ राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्