समाचार प्रभाव : ह्विलचियरको सहारामा परिवार धान्दै आएका पदमलाई नगरपालिकाको सहयोग


केशु विरही – बेलबारी, २४ साउन । लामो समयदेखि शारीरिक अपांग भएर पनि पुरै परिवारको सहारा बन्न सफल बेलबारीका पदम श्रेष्ठलाई नगरपालिकाले सहयोग गरेको छ।

१४ वर्ष देखी ह्विलचियरको सहारामा घरमै बसेर विभिन्न घरायसी सामग्रीहरू बनाउँदै आएका बेलबारी ३ का पदम श्रेष्ठले औजारको अभावमा ती सामग्री बनाउन समस्या परेको विषयमा कोशी नेपाल टेलिभिजन लगायतका स्थानीय मिडियाले यसअघि नै समाचार सम्प्रेषण गरेका थिए ।

रोटीमेकर, ऐना, हातेपंखा, मदानी, तराजु, मोबाइल स्टेन, लागतका घरायसी सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका बेलबारी ३ बिजुली अफिस टोलका पदम श्रेष्ठलाई नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी सहितको टोलीले घरमै पुगेर मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो लगायतका औजार वितरण गरेको छ ।

आवश्यक औजारका अभावमा यस्ता सामाग्री बनाउनका लागि ठुलो समस्या झेलिरहेका श्रेष्ठले नगरपालिकाबाट प्राप्त औजारले ठुलो सहयोग पुग्ने बताएका छन् ।
साथै उनले नगर प्रमुखले यसरी घरमै आएर आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै आवश्यक औजार समेत उपलब्ध गराएकोमा नगरप्रमुख र सिङ्गो नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।

नगरप्रमुख सुवेदीले नगरवासीहरुलाई उद्यमी तथा व्यावसायिक बनाउनका लागि गरिबसँग नगरपालिका नाम दिएर छुटै कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी गराए । नगरप्रमुख सुवेदीले पदमप्रति लक्षित गर्दै भने(हामी आफ्नै नगरमा केही गर्छौ भन्नेहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।“

स्थानीयहरूले पनि यसरी घरमै आएर स्वास्थ्यको बारेमा जानकारी लिँदै आवश्यक सामाग्री उपलब्ध गराउनुलाई महत्त्वपूर्ण रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्