नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमित संख्या २२,५९२ पुग्यो


काठमाडौं, २४ साउन । नेपालमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप नयाँ ३७८ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिवार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अहिले सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो । यस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्