२६ औँ विश्व आदिवासी दिवसमा “प्रथा जनित कानुन” विषयक संवाद कार्यक्रम सम्पन्न


असोक गुरुङ –

बेलबारी, २५ साउन । २६ औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति युवा महासंघ, नेपाल, बेलबारी नगर समितिले प्रथा जनित कानुन विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विश्व आदिवासी दिवसको अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल संवाद गरेको हो ।

कार्यक्रमका प्रमुख वक्ता रहनु भएका नेपालका आदिवासी जनजातिहरूको मानवअधिकार सम्बन्धी वकिलहरूको समूह (लाहुर्निप) का सचिव शंकर लिम्बुले नेपालमा अहिले पनि आदिवासी समुदायको ठुलो हिस्सा प्रथाजनित कानुनबाट प्रशासित रहेको बत्ताउनुभयो । थकाली, थारु, सन्थाल, नेवा: समुदायको प्रथाजनित कानुन सशक्त रहेको बताउँदै राज्यको कानुनलाई समेत उनीहरूको प्रथाजनित कानुनले चुनौती दिइरहेको बत्ताउनुभयो । प्रथा जनित कानुन भनेको अलिखित कानुन भएको बताउनु हुँदै यसलाई आदिवासी समुदायले हजाराै वर्ष देखि अभ्यास गरिरहेको बत्ताउनुभयो । उहाँले नेपालको संविधान नश्लिय संविधान भएको समेत बत्ताउनुभयो, यो संविधान परिवर्तन गरिनु पर्ने आवश्यकता समेत ओैल्याउनु भयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघिय परिषद्का अध्यक्ष जि.एस. गुरुङले संविधानमा उल्लेख भएको संरक्षित र स्वायत्त क्षेत्र निमार्ण गर्न सकिए प्रथाजनित कानुनको संरक्षण, राजनीति, आर्थिक क्षेत्रमा समेत आदिवासी समुदायको अधिकार स्थापना गर्न सकिने बताउनु भयो । त्यसका लागि युवाहरूले संविधानले प्रदत्त गरेको अधिकार प्राप्तिका लागि लाग्नु पर्ने बत्ताउनुभयो ।

आदिवासी जनजाति युवा महासंघ, नगर समिति, बेलबारीका अध्यक्ष केशव थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति युवा महासंघ, नेपाल संघीय परिषद्का अध्यक्ष जिएस गुरुङ, विशिष्ट अतिथि तथा प्रमुख वक्ता लाहुर्निपका सचिव अधिवक्ता शंकर लिम्बू, सामाजिक अनुसन्धान्ता डा. सोमबहादुर धिमाल, तमु छाेजाे धि विद्यार्थीका केन्द्रीय अध्यक्ष पुकार गुरुङ, आदिवासी जनजाति युवा महासंघ, नगर समिति बेलबारीका पूर्व अध्यक्ष टेकराज एक्चाई मगर, सामाजिक अभियन्ता जे.बी. थुलुङ लगायतकाले उपस्थिति रहेको थियो । नगर समितिका उपाध्यक्ष अर्जुन कुलुङ राईले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन अजित धिमालले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्