बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोना परीक्षण गर्दै


बेलबारी, २५ साउन / बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परीक्षण गर्न थालेको छ ।  पत्रकार, सुरक्षाकर्मी, मालपोत, नापी कार्यालय, बिधुत प्राधिकरण वितरण केन्द्र बेलबारी तथा अन्य व्यक्तिहरूको परीक्षण गरिसकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले ।

बेलबारीको वास्तविक अवस्था बुझ्नका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरूलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ व्यवस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष विकले बताएका छन् ।

बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको सामान्य कोभिड अस्पतालमा उपचारका क्रममा रहेका छन् । २ जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको विकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्