आदिवासी जनजाति युवा महासंघ बेलबारीद्वारा नगरपालिकालाई ज्ञापन पत्र र माक्स प्रदान


अजित धिमाल –

बेलबारी, २५ साउन । आदिवासी जनजाति युवा महासंघ, नेपाल नगर समिति बेलबारीले, नगरपालिकालाई ज्ञापन पत्र प्रदान गरेको छ । कोभिड १९ (कोरोना भाइरस) का कारण विश्वमा फैलिएको महामारीलाई लक्षित गरी ध्यानाकर्षण गर्दै ज्ञापन पत्र प्रदान गरेको हो ।

ज्ञापन पत्रमा लकडाउनका कारण कृत्रिम अभाव सृजना गरी कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन गर्नु पर्ने, आइसोलेसन वार्डको अभाव हुन नदिन समय मै ध्यान दिनु पर्ने, आदिवासी जनजाति समुदायका अधिकांश व्यक्ति गरी खाने विपन्न, गरिब तथा मजदुर भएका कारण उनीहरूलाई राहतको उचित व्यवस्थापन गर्नु पर्ने, विपन्न तथा गरिब समुदायमा मास्क र सेनिटाइज निःशुल्क वितरण तथा सचेतना गर्नु पर्ने, पिसिआर किटको व्यवस्था गर्नु पर्ने, नगरपालिकाबाट निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिनु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।

२६ ओै आदिवासी दिवसको नारा “स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा” उभिएर ज्ञापन पत्र प्रदान गरिएको युवा महासंघ नगर समितिका उपाध्यक्ष अर्जुन कुुलुङ राईले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्दै कोरोना महामारी न्यूनीकरणका गर्न नगरपालिका तर्फबाट तयारीका साथ लागि रहेको बताउनु भयो ।

विश्वभर फैलिएको महामारी विरुद्ध एक भएर लाग्नु पर्ने आवश्यकता रहेको ओैल्याउदै आदिवासी जनजाति युवा महासंघ लगायतका संघ संस्थाहरूले समेत नगरपालिका सँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने बत्ताउनुभयो । सो अवसरमा युवा महासंघले नगरपालिकालाई १ हजार पिस मास्क समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्