एकता बचत तथा ऋण सहकारीको २४ औँ साधारण सभा सम्पन्न


बेलबारी – एकता बचत तथा ऋण सहकारी संस्था, बेलबारी मोरङको २४ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

आ.ब २०७४/०७५ को कार्य प्रगति विवरण तथा आ.व २०७५/०७६ को प्रस्तावित कार्य योजना संस्थाका सचिव तिर्सना राईले प्रस्तुत गरेकी थिइन । आ.ब २०७४/०७५ को आर्थिक प्रतिजेदन कोषाध्यक्ष विमला लिम्बुले प्रस्तुत गरेकी थिइन भने लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन एकता साकोस, बेलबारीका संयोजक कुमारी आचार्यले प्रस्तुत गरेका थिइन ।

२०५२ सालमा स्थापना भएको एकता बचत तथा ऋण सहकारी संस्थामा ४९१ महिला र ३२ पुरुष सदस्य गरी जम्मा ५२३ शेयर सदस्य रहेको छ । कार्यक्रम एकता बचत तथा ऋण सहकारी संस्था, बेलबारी मोरङका अध्यक्ष सिता खुलालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्