होसियार ! बेलबारीमा अखाद्य वस्तु जताततै, बिक्री मूल्य दोब्बर माथि


बेलबारी / मोरङको बेलबारी बजार अनुगमन गर्दा अखाद्य बस्तु धेरै मात्रमा फेला परेको छ । बेलबारी नगरपालिकाको बजार अनुगमन टोलले मङ्गलवार अनुगमन गर्दा बेच्न राखिएको खाद्य्य स्टोर, किराना पसलमा अखाद्य बस्तु फेला परेको हो ।

लालभित्तिदेखी आइतबारबाट सुरु भएको अनुगमन आज बेलबारीको मुख्य बजार नयाँ बेलबारीमा गरिएको थियो ।अनुगमन गर्दा खाजा तथा मिठाई पसलमा बेच्न राखिएको वस्तुमा खुल्ला सडकबाट आएको धुलो र झिँगा भेटिएको र केही किराना पसलमा म्याद सकिएको सामग्री भेटिएको बजार अनुगमन समितिका संयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए । म्याद सकिएको सामाग्री तथा अखाद्य बस्तुलाई अनुगमन स्थलमा नै नष्ट गरिएको खड्काले जनाएका छन् ।


जुत्ता चप्पल तथा फेन्सि लुगा पसलमा अनुगमन गर्दा बिक्री मूल्य खरिद मूल्य भन्दा दोब्बर भन्दा माथि रहेको भेटिएको अनुगमन समितिले जनाएको छ । दसैँ तिहार जस्ता ठुला पर्व नजिकिएको बेला धेरै मात्रामा खरिद तथा बिक्रिवितरण हुने साथै केही ब्यपारिहरुले पनि यही बेला उपभोक्ताहरूलाई ठगी गर्ने सम्भावना धेरै भएकोले बजार अनुगमनमा बेलबारी नगरपालिका सक्रिय भएको देखिन्छ ।


दुई दिन भएको अनुगमनबाट अधिकांश पसलहरू दर्ता नभई चलेका, सामग्री किनबेच गर्दा बिल प्रयोग नगरेको भेटिए पछि, ब्याबसाय दर्ता नभएका मूल्य सूची नराखेका पसलहरूलाई ७ दिन भित्र मापदण्ड पुर्‍याउन समेत अनुगमन टोलीले निर्देशन दिएको छ भने अनुगमन टोलीले एक हप्ता पछि पुन अनुगमन गर्ने संयोजक खड्काले जनाएका छन् ।

उपभोक्तहरुले पनि खरिद गर्दा होसियार भएर खरिद गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्